नैनितालमा जिप दुर्घटना, सात नेपालीको मृत्यु
काठमाडौ।भारतको नैनितालमा नेपाली मजदुर चढेको जिप दुर्घटना हुँदा सात जना नेपाली सहित ८ जनाको मृत्यु भएको छ।
दुर्घटनामा एकजना भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।सो घटनामा ज्यान गुमाउने नेपाली सबैको पहिचान भएको छ। जसमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन्।
दुर्घटनामा छोटु चौधरी र जनक घाइते छन्। मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ।
सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जिप भिरबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो। नेपाली श्रमिक घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन्।मृतक र घाइतेको भारतीय प्रहरीले उद्धार गरेको छ।