कैलालीमा दुई दिदिबहिनी झुन्डिएको अवस्थामा फेला परे

काठमाडौं ।कैलालीमा एउटै कोठामा दुई दिदिबहिनी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका-१० ठेबारमा एकै घरका सहोदर दिदीबहिनी मृत फेला परेका हुन्। झुन्डिएको अवस्थामा २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्राको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार टिनले छाएको काठको दुईतले कच्ची घरको तल्लो कोठामा उनीहरू मृत फेला परेका हुन् ।

