‘पुजार सार्की’सँगै जेठ १० मा ‘दानवी’ र ‘फर्की फर्की’ भिड्ने

नेपाली चलचित्र क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको मारमा फेरि तीन चलचित्र निर्माण टिम पर्ने भएका छन् । फागुन २५ मा रेखा थापाको चलचित्र ‘उपहार’, नवल खड्काको चलचित्र ‘काँडेतार’ र दयाहाङ राई अभिनित चलचित्र ‘रंगेली’ भिडेका थिए।

जसमा काँडेतरका कलाकार एवं निर्माता र निर्देशक आफैं रहेका नवल खड्काले २ दिनमै हलवालाले प्रयाप्त शो नदिएको भन्दै चलचित्र उतारे भने रंगेली फ्लप भयो। रेखाको उपहारले जेनतेन लगानी उठायो तर सुपरहिट भएन ।

त्यस्तै अवस्था जेठ १० मा हुने देखिएको छ। जेठ १० मा दिनेश राउतको बिग बजेट चलचित्र ‘पुजार सार्की’ रिलिज हुँदैछ। जसमा प्रदिप खड्का, पल शाह र आर्यन सिग्देल एकसाथ देखिने छन् ।

सोही मितिमा अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’ र पूजा शर्मा अभिनित महत्वाकांक्षी चलचित्र ‘दानवी’ प्रदर्सनमा आउने पक्का भएको छ। बुद्ध पुर्णिामाको बिदा सदुपयोग गर्दै प्रदर्शनमा आउने यी ३ वटै चलचित्र ठूलो बजेटमा निर्माण भएका चलचित्र हुन् ।

‘पुजार सार्की’ लाई देश तथा विदेशमा एकैपटक रिलिज गर्ने तयारी छ भने अनमोल र पुजाको चलचित्र पनि आशा गरिएकै जस्तो भएमा तीन चलचित्रको महाभिडन्तले कसलाई फाइदा हुने हो र कसलाई घाटा हुने हो हेर्न बाकी छ। तर,चलचित्रको लगानी अनुसार तीन वटै चलचित्र हिट हुने हो वा लगानी सुरक्षीत गर्ने हो भए २५ करोड भन्दा बढीको ब्यापार हुन आवश्यक छ। जुन कुरा असंभव प्रायः देखिन्छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • शान्त र अपेक्षित नै रह्यो चुनाव

    २०८४ सालमा हुनुपर्ने नियमित अद्यावधिक चुनाव नेपालमा जेनजी विद्रोहपछि परिस्थितिवश आकस्मिक रूपमा, २०८२ सालमै सम्पन्न भएको...

  • ४० जिल्ला रास्वपाको एकलौटी

    काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले...