एमाले नेता महेश बस्नेत विरुद्ध बलात्कार र ‘भ्रुण हत्या’को उजुरी

काठमाडौ। नेकपा एमालेका नेता एवं पुर्व मन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी परेको छ। उनी विरुद्ध एक महिलाले बलात्कार र भ्रूण हत्या गरेको आरोप लगाएकी छिन् ।

एमाले पोलिटब्युरो सदस्य समेत रहेका बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको प्रहरीले पुष्टि गरेको छ।हुलाक मार्फत आएको एकजना महिलाको फौजदारी कसुरको जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ।

एमालेकै सदस्यसमेत रहेकी ती महिलाले भ्रूण हत्या, बलात्कार र डाँका चोरी प्रकरणमा प्रतिवादी बनाएर जाहेरी दिएकी हुन्। जाहेरी दिएकी ती महिलाले आफूलाई पटक पटक बलात्कार गरेर बस्नेतले भ्रूण हत्या गर्न बाध्य पारेको जिकिर गरेकी छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय