खगराज अधिकारी गण्डकीको नयाँ मुख्यमन्त्री नियुक्त


पोखरा। गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आजै बिहान अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।

यद्यपि अधिकारीले सभामुख समेत जोडेर बहुमत देखाएका हुन् । सभामुख रहेका माओवादी सांसद कृष्ण धिताललाई समेत माओवादीको ८ जना भनेर देखाइएको छ। यो अवस्थामा सर्बोच्च अदालतले यस अघि कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिमा बदर गरेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय