सभामुखलाई समेत जोडेर गण्डकीमा मुख्यमन्त्री दाबी

काठमाडौं । संविधानले नै नदिएको बाटो रोजेर भएपनी नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले गण्डकीको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

केन्द्रमा बनेको नयाँ समीकरण अनुसार अधिकारीले एमालेका २२ र माओवादीका ८ सांसद संगै स्वतन्त्र सांसद (हाल नेकपा एसका भनिएका) राजिव गुरुङ समेतलाई जोडेर मुख्यमन्त्री दाबी गरेका हुन् ।

माओवादी केन्द्रबाट सभामुख रहेका कृष्ण धिताललाई समेत उनले माओवादी सांसदमा गणना गरेका छन् । यद्यपि धितालले सभामुख भएपछि माओवादी परित्याग गरिसकेका छन् ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै सुरेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि गण्डकीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो। यहाँ प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ को दिउँसो ३ बजे सम्म दाबी पेश गर्न भनेका थिए।

६० सदस्यीय गण्डकी प्रदेश सभामा अधिकारीले एमालेका २२, माओवादी केन्द्रका सभामुखसमेत ८ र स्वतन्त्र सांसद मनाङेको समर्थनमा दाबी पेस गरेका हुन्। यहाँ नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन्। तर,सभामुखले मत दिन पाउदैनन। त्यसैले राप्रपाको साथ नभए दुबैतर्फ बहुमत पुग्ने देखिन्न ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय