राजेन्द्र महतोको शक्ति प्रदर्शन : ९ जना घाइते

काठमाडौ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर छुट्टै आन्दोलन गर्न तम्सिएका पुर्व मन्त्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा झडप भएको छ।
शनिबार काठमाडौमा भएको प्रदर्शनमा झडप हुँदा ९ जना घाइते भएका छन् । घाइते मध्य केहिको अवस्था गम्भीर छ ।जिल्ला प्रहरी परिसर काठमाडौले ४ जना प्रदर्शनकारी र दुई जना प्रहरी घाइते भएको भनेपनी आन्दोलनकारीले आफ्ना ७ जना कार्यकर्ता घाइते भएको भनेका छन् । घाइते प्रहरीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी प्रहरीले चार जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । सो अवसरमा प्रदर्शनकारीलाई प्रहरीले लाठीचार्ज गरेको थियो। महतो नेतृत्वको र्याली खुलामञ्च जाने भनिए पनि भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको थियो।

