कालीबहादुर खामलाई थुनामा पठाउन अदालतको आदेश

चितवन, २३ चैत । व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका माओवादीका पूर्वडिभिजन कमान्डर कालीबहादुर खामलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ।
बिहीबारदेखि चितवन जिल्ला अदालतमा सुरु भएको बहस सकिएसँगै न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
काठमाडौंको कोटेश्वरका व्यापारी श्रेष्ठको हत्या आरोपमा खाम चैत २० गते काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई चैत २१ गते बयानका लागि चितवन अदालतमा उपस्थित गराइएको थियो।

