दिल्लीलाई १०६ रनले हराउँदै कोलकाता शीर्ष स्थानमा

काठमाडौं, २२ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आइपिएलमा कोलकाता नाइट राइडर्सले लगातार तेस्रो जीत निकालेको छ । बुधबार भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई १०६ रनको फराकिलो अन्तरले हराएको हो ।

कोलकाताले दिएको २७२ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभरमा १६६ रनमा अलआउट भयो । दिल्लीका लागि कप्तान रिषभ पन्तले सर्वाधिक ५५ रन बनाउँदा ट्रिस्टन स्टब्सले ५४ रन बनाए । ओपनर डेभिड वार्नरले १८ तथा पृथ्वी शले १० रन बनाए । अन्यको दोहोरो अंकमा योगदान हुन सकेन ।

कोलकाताका वैभव अरोराले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए । त्यस्तै वरुण चक्रवर्तीले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । मिचेल स्टार्कले ३ ओभरमा २५ रन दिएर २ विकेट लिए । सुनिल नारायण र आन्द्रे रसेलले १ १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७२ रनको विशाल योगफल बनाएको थियो । यो आइपिएल इतिहासकै दोस्रो सर्वाधिक स्कोर हो । यसै सिजन हैदराबादले मुम्बईका विरुद्ध २७७ रन बनाएको थियो । कोलकाताका ओपनर सुनिल नारायणले ३९ बलमा ७ चौका र ७ छक्कासहित ८५ रन बनाए । त्यस्तै अंक्रिस रघुवंशीले ५४ रन बनाए । रसेलले १९ बलमा ४१ रनको योगदान दिए । रिंकु सिंहले ८ बलमा २६ रन बनाएर आउट भए ।

दिल्लीका एनरिच नोर्त्जेले ४ ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । इशान्त शर्माले ३ ओभरमा ४३ रन दिएर २ विकेट लिए । खलील अहमदले ४ ओभरमा ४३ रन दिएर १ विकेट लिए । मिचेल मार्शले ३ ओभरमा ३७ रन दिएर १ विकेट लिए ।

यस जीतसँगै ३ खेलमा ३ जीतसहित ६ अंक जोडेको कोलकाता अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ भने ४ खेलमा २ अंक मात्र रहेको बेङ्गलुरु अंकतालिकामा पुछारबाट दोस्रोमा छ ।

आइपिएलमा अब: गुजरात टाइटन्स र पञ्‍जाब किङ्स । समय: बेलुका ७:४५ बजे

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...