ब्याटिङ नचल्दा आयरल्यान्ड ए सँग नेपालको हार

काठमाडौं, २१ चैत । काठमाडौंमा जारी नेपाल ए र आयरल्यान्ड ए बीचको एकदिवसीय श्रृंखलाअन्तर्गत भइरहेको पहिलो खेलमा नेपाल ए पराजित भएको छ । आयरल्यान्ड ए ले नेपाल ए लाई २१ रनले हराएको हो ।

आयरल्यान्ड ए ले दिएको १५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमै अलआउट भयो । नेपालका लागि साहब आलमले सर्वाधिक ३७ रन बनाए । त्यस्तै बासिर अहमदले २१ रन बनाए । देव खनालले २६ र रिजन ढकालले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।

आयरल्यान्ड ए का म्याथिउ हमफ्रिसले १० ओभरमा ३ मेडनसहित ३२ रन दिएर ५ विकेट लिए । लियाम मेकार्थीले ५ ओभरमा २९ रन दिएर ४ विकेट लिए । नेपालले सुरुवाती १० ओभरमा नै ६ विकेट गुमाइसकेको थियो । कुनै समय ३५-० को अवस्थामा रहेको नेपालले पावरप्ले सकिँदा ६ विकेट गुमाएर ५६ रन जोडेको थियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अलआउट भएको थियो । केड कारमाइकलले सर्वाधिक ५१ रन बनाउँदा कप्तान निल रक ३९ रनमा आउट भए । पिजे मूरले २१ रन बनाए ।

नेपालका लागि कमलसिंह ऐरीले ह्‍याट्रिकसहित ४ विकेट लिए । कमलले ६.३ ओभरमा १ मेडन राख्दै २१ रन मात्र दिएर ४ विकेट लिए । त्यस्तै साहब आलम र सागर ढकालले २-२ विकेट लिए । रिजन ढकालले १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय