कमलको ह्‍याट्रिकमा आयरल्यान्ड ए सस्तैमा समेटियो

काठमाडौं, २१ चैत । काठमाडौंमा जारी नेपाल ए र आयरल्यान्ड ए बीचको एकदिवसीय श्रृंखलाअन्तर्गत भइरहेको पहिलो खेलमा आयरल्यान्ड ए ले नेपाल ए लाई १५८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अलआउट भयो । केड कारमाइकलले सर्वाधिक ५१ रन बनाउँदा कप्तान निल रक ३९ रनमा आउट भए । पिजे मूरले २१ रन बनाए ।

नेपालका लागि कमलसिंह ऐरीले ह्‍याट्रिकसहित ४ विकेट लिए । कमलले ६.३ ओभरमा १ मेडन राख्दै २१ रन मात्र दिएर ४ विकेट लिए । त्यस्तै साहब आलम र सागर ढकालले २-२ विकेट लिए । रिजन ढकालले १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय