चलचित्र ‘बलिदान’सँगै बिराज पुत्र समीरको चर्चा

निर्देशक तथा निर्माता सन्तोष सेनले अभिनेता बिराज भट्टको छोरा समीर भट्ट बारे लेखेका छन्-,“आम् दर्शकलाई पुर्णरुपमा हिरो गुणको अभाव पुर्ती गर्ने योद्धा ।”

उनले अझै समिरबारे भनेका छन्-,”हामीले उठाएको विषयवस्तुमा मुख्य पात्र भै जीवन्त भूमिका निर्वाह गर्न सक्ने कलाकारको खोजी गर्न हाम्रालागि आइसल्याण्डमा सर्प खोज्नुजस्तो भैरहेको थियो। तर,’तँ चिता म पुर्याउँछु’ भनेजस्तै हामी चिताइरह्यौं र एकदिन भेट्टायौं, कलाकारिताको एकान्तमा गहन तपस्या गरिरहेका एक युवा ।’भगीरथ’ को कठिन तपस्याले एक दिन गङगा पृथ्वीमा अवतरण भइन, तर गङगालाई सम्हाल्न पृथ्वीलाई गाह्रो भएको थियो । यी युवा नेपाली सिनेमाका भगिरथ बन्ने स्पष्ट सङ्केत छ । हामीले यिनलाई पगाल्न कुनै कसुर बाँकी राख्ने छैनौ ।”

आफ्नो नयाँ चलचित्र ‘बलिदान’को कहानीमा एक पात्रका रुपमा युगपुरुषलाई भगीरथ प्रयास गरेरै पैदा गरिएको सन्तोषको भनाइ थियो । सन्तोषले समिरबारे भनेका छन्-‘यस्तो युगपुरुष जसले परिवर्तनका नाममा जनतालाई बलि चढाउन लगाएर राज्यको अस्मिता लुटिरहेका कुटिलहरूको संहार गरोस् ।हामीले भेट्टायौं- हामीले खोजेका चारै गुण भएका युवा समीर भट्ट ।’

अभिनेता बिराज भट्टको आफ्नै होम प्रोडक्सन चलचित्र ‘१२ गाउँ’ बाट चलचित्र अभिनयमा डेब्यु गर्ने तयारी गरेका समीर बिगत लामो समयदेखि भारतको मुम्बई मा गुपचुप रहेर एक्टिङ क्लास, मार्शल आर्ट, नृत्य तथा दृन्दका धेरै आर्टहरुको कार्यशाला गरिरहेका छन् ।

उनलाई नजिकैबाट चिन्नेले एकलव्यजस्तो गहन एकान्तमा रहेर कलाकारिताबारे समिरले संघर्ष, मेहेनत र तपस्या गरेको र चलचित्र ‘बलिदान’ मा त्यो हेर्न पाइने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय