नाउपाको बैठकमा रेशम र रञ्‍जिता समूहबीच कुटाकुट

काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टी नाउपाको बैठकमा कुटाकुटको अवस्था सिर्जना भएको छ । संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ समूहबीचको विवाद उग्र रुपमा पुगेको हो ।

सोमबार काठमाडौंको अनामनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेताहरूमाथि कुटपिट भएको हो ।

बैठकका क्रममा कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु र अर्का नेता रमेश विकमाथि हातपात भएको हो । उनीहरु दुवैजना रञ्जिता पक्षधर नेताहरू हुन्।

पछिल्लो समय अध्यक्ष रञ्जिता र संस्थापक रेशमबीचको विवादले पार्टी फुटको संघारमा पुगेका बेला विवाद उत्कर्षमा पुग्‍ने गरी आजको घटना भएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय