आइपिएल क्रिकेट: धोनीको विस्फोटक ब्याटिङका बाबजुद चेन्‍नईको पहिलो हार

काठमाडौं, १९ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आइपिएलमा साविक विजेता चेन्‍नई सुपर किङ्सले सिजनको पहिलो हार व्यहोरेको छ । दिल्ली क्यापिटल्सले पहिलो जीत निकाल्ने क्रममा चेन्नईलाई २० रनले हराएको हो ।

दिल्लीले दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको चेन्‍नईले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो । अजिन्क्या रहानेले सर्वाधिक ४५ रन बनाए भने पूर्वकप्तान एमएस धोनी १६ बलमा ३७ रनमा अविजित रहे । धोनीले ३ चौका र ४ छक्का प्रहार गरे । उनी ब्याटिङमा आउँदा चेन्‍नईलाई ३ ओभरमा ५० भन्दा बढी रनको आवश्यकता थियो । उनको विस्फोटक ब्याटिङका बाबजुद चेन्‍नई जीतबाट टाढा रह्‍यो ।

दिल्लीका लागि मुकेश कुमारले ३ ओभरमा २१ रन दिएर ३ विकेट लिए । त्यस्तै म्यान अफ दि म्याच समेत रहेका खलील अहमदले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । अक्षर पटेलले ३ ओभरमा २० रन दिएर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । डेभिड वार्नरले ५२ तथा कप्तान रिषभ पन्तले ५१ रनको अर्धशतकीय पारी खेले । पृथ्वि शले ४३ रन बनाए । चेन्‍नईका मथिसा पथिरानाले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिए । त्यस्तै मुस्तफिजुर रहमान र रविन्द्र जडेजाले १-१ विकेट लिएका थिए ।

योसँगै ३ खेलमा पहिलो जीत निकालेको दिल्लीले २ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ भने ३ खेलमा ४ अंक रहेको चेन्‍नई अंकतालिकाको दोस्रो स्थानमा छ ।

आइपिएलमा आज: जितविहीन मुम्बई इन्डियन्स र अपराजित राजस्थान रोयल्स खेल्ने छन् । समय: बेलुका ७:४५ बजे

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...