पेट्रोलको मूल्य बढ्यो

काठमाडौं, १८ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज रातिदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो।

पेट्रोलबाहेकको भने मूल्य हाललाई यथावत राखिएको छ। भाउ बढेसँगै अब पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ पुगेको छ ।

भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निमगले जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय