काठमाडौमा साँझदेखि हावाहुरी र बर्षा

फाइल फोटो

काठमाडौं । काठमाडौंमा शनिबार साँझदेखि हावाहुरी सहित वर्षा भएको छ ।उपत्यकाको तीन जिल्ला सहित आसपासका जिल्लाको केही स्थानमा समेत मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा भएको हो ।

शनिबार दिउसो पश्चिम नेपालमा हावाहुरी,चट्याङ र वर्षाले एक बालिकाको मृत्यु र दर्जनौं घर गोठ भत्काएको थियोे । मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा दक्षिण आसाम आसपासको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।

बिभागका अनुसार शनिबार राति पनि केही स्थानमा वर्षा हुनेछ।आइतबारदेखि भने मौसममा सुधार हुने जनाइएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय