बिक्की अग्रवालको नयाँ शो ‘कमेडी दरबार’

काठमाडौं।कमेडियन बिक्की अग्रवालले नयाँ टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ ल्याउने भएका छन् ।

बिक्किले श्रीमती श्रद्धा प्रसाईं समेत मिलेर ल्याउन लागेको यो शो मा नायिका गौरी मल्ल शीर्ष भूमिकामा देखिने पक्का भएको छ।

कमेडी च्याम्पियन सिजन-१ का उपबिजेता समेत रहेका बिक्किको हाल ‘आम्मा कसम यहाँ दुख्छ…..’ कमेडी शो चलिरहेको थियो। तर उनले अभिनेता विजय बरालसँगै हिमेश पन्त, पवन खतिवडा, सुन्दर खनाल र विकास अर्याललाई लिएर नयाँ शो गर्न लागेका हुन् ।

यसमा थप केही कलाकार पनि अनुबन्धित हुने चरणमा रहेको निर्देशक द्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईँले बताएका छन् । हाल यस शो को लागि सेटको काम भइरहेको छ। अहिले आइरहेका टेलिभिजन कमेडी शो भन्दा फरक शैलीमा ल्याउने भनिएको यो कमेडी शो प्राइम टेलिभिजन मार्फत प्रसारण हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय