टोपबहादुर रायमाझीको उपचार हुँदै

काठमाण्डौ,१५ चैत। नेकपा एमालेका निलम्बित सचीव एवं अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

भुटानी शरणार्थी बेचबिखन प्रकरणका आरोपी रहेर जेल जीवन बिताइरहेका रायमाझीको मुटुमा समस्या देखिएपछि उपचार भइरहेको छ । रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा डाक्टरको निगरानीमा राखिएको प्रशासनले जनाएको छ ।

नेता रायमाझीको मुटुमा समस्या भएपछि हिजो भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए।

अहिले रायमाझीको मुटुको इसिजी गरेर डाक्टरको निगरानीमा राखिएको छ । स्वास्थ्यमा ठूलो समस्या नभए पनि मुटुको चाल कम भएको डाक्टर पौडेलको भनाइ छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय