कीर्तिमानले भरिएको खेलमा हैदराबादले मुम्बईलाई हरायो

काठमाडौं, १५ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा सनराइजर्स हैदराबादले पहिलो जीत निकालेको छ । रनको वर्षा भएको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो ।

हैदराबादले दिएको २७८ रनको भीमकाय लक्ष्य पछ्याएको मुम्बईले पनि सुरुवातदेखि नै विस्फोटक ब्याटिङ गर्दै पूरा २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनायो । मुम्बईका लागि तिलक वर्माले ३४ बलमा ६४ रन बनाए । त्यस्तै टिम डेभिड २२ बलमा ४२ रनमा अविजित रहँदा इशान किशनले १३ बलमा ३४, नमन धिरले १४ बलमा ३०, रोहित शर्माले १२ बलमा २० रन बनाएर आउट भए ।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिए । त्यस्तै जयदेव उनादकटल ४ ओभरमा ४७ रन दिएर २ विकेट लिए । शाहबाज अहमदले ३ ओभरमा ३९ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रनको भीमकाय योगफल खडा गरेको थियो । आइपिएल इतिहासकै सर्वाधिक स्कोरको कीर्तिमान बनाउने क्रममा हैदराबादका तीन ब्याटरले विस्फोटक अर्धशतक प्रहार गरे । ट्राभिस हेडले २४ बलमा ६२, अभिषेक शर्माले २३ बलमा ६३ तथा हेनरिच क्लासेनले ३४ बलमा अविजित ८० रन बनाए । एइडेन मार्क्रम २८ बलमा ४२ रनमा अविजित रहे ।

मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले ४ ओभरमा ४६ रन दिएर १ विकेट लिए । त्यस्तै जेराल्ड कोट्जीले ४ ‌‌‌ओभरमा ५७ रन दिएर १ विकेट लिए । पियुष चावलाले २ ओभरमा ३४ रन दिएर १ विकेट लिए ।

यस खेलमा सर्वाधिक छक्कादेखि लिएर सर्वाधिक स्कोर र दुई इनिङको जोडेर हुने सर्वाधिक योगफलको कीर्तिमान बनेको छ । त्यस्तै दोस्रो इनिङमा बनेको योगफलको पनि रेकर्ड ब्रेक भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...