माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडाै,१४ चैत।नेकपा माओवादी केन्द्रले आज बुधबार बिहानको लागि पार्टी पदाधिकारी बैठक बोलाएको छ ।

अहिले बिहान ८:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका उपनिर्वाचनको तयारी, प्रदेशको भागबण्डा लगायत विषयमा छलफल हुनेछ । ‘उपनिर्वाचनको तयारी, प्रदेशको सिट बाँडफाँट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, एक पदाधिकारीले भने ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि माओवादी जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली, ओम गुरुङको नाम सिफारिस भएको कोशी प्रदेश इन्चार्ज हर्क नेम्वाङले दिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय