आइपिएलमा चेन्‍नईको लगातार दोस्रो जीत

काठमाडौं, १३ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा साविक विजेता चेन्‍नई सुपर किङ्सले दोस्रो जीत हासिल गरेको छ । मङ्गलबार भएको खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले हराएको हो ।

चेन्नईले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले पूरा २० ओभर खेल्दै ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । उसका लागि साइ सुदर्शनले सर्वाधिक ३७ रन बनाए । ऋद्धिमान साहा र डेभिड मिलरले समान २१ रन बनाए । चेन्न‍ईका तुसार देशपाण्डेले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । त्यस्तै दीपक चहरले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए । मुस्तफिजुर रहमानले ४ ओभरमा ३० रन दिएर २ विकेट लिए । डारिल मिचेल र माथिसा पथिरनाले १ १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको थियो । चेन्नईका लागि शिवम दुबेले २३ बलमा २ चौका र ५ छक्काको मद्दतले ५१ रनको विस्फोटक पारी खेले । त्यस्तै ओपनरद्वय रचिन रविन्द्र र रुतुराज गाइक्‍वाडले समान ४६ रन बनाए ।

गुजरातका राशिद खानले ४ ओभरमा ४९ रन दिएर २ विकेट लिए । त्यस्तै आर साइ किशोरले ३ ओभरमा २८ रन दिएर १ विकेट लिए । स्पेन्सर जोनसोन र मोहित शर्माले १ १ विकेट हात पारे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...