गण्डकीमा नेसपा छाडेर माओवादीमा जाने नगन्य
काठमाडौ,१३ चैत। नेपाल समाजवादी पार्टी(नेसपा) छाडेर माओवादी प्रवेश गर्नेको संख्या गण्डकी प्रदेशमा नगन्य देखिएको छ।
केही दिन अघि नेसपाको एउटा समूहले माओवादी प्रवेशका लागी भन्दै हस्ताक्षर अभियान चलाएको भएपनी गण्डकीबाट हस्ताक्षर गर्नेको संख्या न्युन रहेको देखिएको हो। नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईको गृह प्रदेश पनि भएकोले माओवादीले पनि यहाँका नेताकार्यकर्तालाई पार्टीमा भित्र्याउन मेहनत गरेको देखिन्छ।
तर,माओवादी प्रवेश गर्ने केन्द्रिय सदस्यको संख्या न्यून देखिएपछि पार्टी छाड्नेहरु समेत झस्किएका छन् । माओवादी केन्द्र प्रवेश गर्न चाहनेलाई शुभकामना दिदै नेसपा नेता किरण थापाले लेखेका छन्के-,’केही नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गर्ने निर्णय गर्नुभएको छ।लोकतन्त्रमा दल छनौट गर्न पाउने मौलिकहकको प्रयोग गर्दै जानुहुने साथीहरुलाई सफल राजनितिक जिवनको शुभकामना प्रकट गर्दछु।’
यसैबीच गण्डकीबाट ६ जना केन्द्रिय सदस्य माओवादी प्रवेश गर्ने तयारीमा रहेको र ४१ जनाले नेसपा मै बस्ने निर्णयमा हस्ताक्षर गरेको बुझिएको छ। माओवादी प्रवेश गर्न लागेका मध्य गोरखाका रमेश पोखरेल,ज्ञानेन्द्र कुमाल,दुर्गा न्यौपाने र मन्जु थापा छन भने पर्वतका ढाकाराम गौतम र लमजुङका राजु थापा रहेका छन् ।
त्यसैगरी गोरखाबाट गण्डकी प्रदेश सांसद रहेका फणीन्द्र देवकोटा सहित कास्कीका किरण थापा,टिकाराम पौडेल,शम्भु खाति परियार,लक्ष्मी खाति,दुर्गा गरुङ,दिपक भण्डारी,शिव बहादुर अधिकारी र नेत्र चापागाई नेसपा मै रहने भएका छन् ।
यसैगरी बागलुङका चित्र सापकोटा,ज्ञानु थापा,कृष्ण सापकोटा,पर्वतका देवी क्षेत्री,स्याङ्जाका टिकाराम रेग्मी,दिनेश पौडेल,ईश्वरी थापा र लमजुङका गोविन्द कंडेल पनि नेसपा मै रहने भएका छन् ।
उता नवलपुरका मोति रिजाल,सरदमणी खराल,जनार्दन अर्याल,पितम्वर महतो र गोरखाका यान प्रसाद भट्ट,रोहित पाण्डे,गोपालबावुश्रेष्ठ,नारायणी अधिकारी,नारायण खत्री,पुर्ण माया वन्त,रोशन पोखरेल,लाल बहादुर वि क,रूप नारायण श्रेष्ठ,कुशमाकर अधिकारी,परशुराम पोखरेल,सानु गुरुङ,चित्र गुरुङ,धन बहादुर गुरुङ,मिलन न्यौपाने,ईन्दिरा बस्ताकोटी,सरिता ढकाल,सन्जु भट्ट नेपाली,सुकदेव तामाङ,ईन्दिरा खाति पनि नेसपा मै रहने बुझिएको छ।

