कोदालो प्रहारबाट ३ जना घाइते

बैतडी,८ चैत। बैतडीमा कोदालो प्रहारबाट ३ जना गम्भीर घाइते भएका छन्।

जिल्‍लाको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गरेका हुन्।कोदालो प्रहारबाट उनकी श्रीमती ५६ वर्षीया पार्वती धामी, दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट घाइते भएका छन्।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय