‘माओवादीसँग एकता सम्भव छैन’-बाबुराम भट्टराई

काठमाडौ,७ चैत। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता असम्भव रहेको बताएका छन् ।

उनले आफुले माओवादी छाड्दैमा कहिल्यै एकता गर्न नपरोस् भनेर बाचा गरेको र त्यसपछि कहिल्यै एकताबारे नसोचेको दाबी गरे । माओवादीसंग होइन सच्चिएको अवस्थामा समाजवादी पार्टी बनाउने कुरा मात्रै भएको तर,माओवादी सच्चिने अवस्था नदेखेपछि एकता टरेको उनको भनाइ थियो।

पार्टी केन्द्रिय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डा.भट्टराईले माओवादीसँग एकता सम्भव नरहेको दाबी पटकपटक गरिरहे ।’नयाँका नाममा पुरानोतिर फर्किने कुरा हुँदैन। लोकतन्त्रमा आधारित समाजवाद र समाजवादउन्मुख अर्थतन्त्र भन्ने कुरालाई कार्यान्वयन गर्ने शक्ति निर्माण गर्न खोजेका हौँ,’ उनले भने, ‘त्यसबाहेक हामीले अरु सोचेका छैनौँ। पुराना दलहरूसँग एकताबारे सोचिएको छैन।।’

भट्टराईले पार्टीकै कतिपय नेताहरूको पछिल्लो अराजनीतिक गतिविधिका कारण पुराना भन्दा नयाँ दल किन फरक भन्ने गम्भीर प्रश्न उठेको पनि बताए।’जनयुद्धकै पृष्ठभूमिबाट आएका कारण त्यसका बाँकी कार्यभार सम्पन्न गर्ने सन्दर्भमा त पुराना दलहरूसँग सहकार्य गर्ने कुरा छँदैछ’ उनले भने-,’तर एकता गर्ने कुरा संभव छैन ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय