महेन्द्र र गङ्गाले गरे बाबुराम माथि कारबाही !

काठमाडौं, ६ चैत । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईलाई पार्टीको अर्को समूहले कारबाही गरेको छ।

नेसपा अध्यक्ष महिन्द्र राय यादव र सह अध्यक्ष गङ्गा श्रेष्ठ पक्षले आकस्मिक बैठक बोलाएर आज बाबुराम लगायत केही नेतालाई कारबाही गरेको हो।नयाँ बानेश्वरको थापागाउँस्थित कृष्णभोग पार्टी प्यालेसमा बसेको बैठकले सो निर्णय लिएको हो।

हिजो सोमबार डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँगको एकतामा सहमति गर्नेलाई पार्टीबाट पदमुक्त गर्ने निर्णय गरेको थियो। त्यससँगै यादव पक्षले पनि मंगलबार आफूपक्षको बैठक बोलाएर बदला लिएको हो ।

बैठकले माओवादी केन्द्र संगको पार्टी एकतालाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ। यादव-श्रेष्ठ पक्षले शनिबार एकताका लागिमाओवादी केन्द्रसँग चारबुँदे सहमति गरेको थियो। यो सहमतिप्रति बाबुराम भट्टराईले असहमति जनाए थिए। बाबुराम पक्षले एकता प्रक्रिया खारेज गरिसकेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय