नेसपा कार्यकारिणी बैठक :बाबुरामको पक्षमा २० जना उभिए

महेन्द्र र गङ्गासंग ४ जना मात्रै,अरु खुलेनन्

काठमाडौं,४ चैत।नेपाल समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समिति बैठक केन्द्रिय कार्यालय तिनकुनेमा सुरु भएको छ। बैठकमा २९ जना कार्यकारिणी सदस्य मध्य २० जना उपस्थित छन् ।

पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकमा अर्का अध्यक्ष महेन्द्रराय यादव सहित महासचिव रमेश यादव र नेता गङ्गा श्रेष्ठ अनि बन्दना सुवेदी उपस्थित छैनन् ।

महेन्द्र पक्षले शनिबार नै बिज्ञप्ति जारी गरि नेसपाको सिङ्गो पार्टी नै नेकपा माओवादी केन्द्रसंग एकता हुने जनाएको थियो। सोही अनुसार माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेश यादवले हस्ताक्षर समेत गरेका थिए। तर,बाबुराम पक्षले त्यसलाई राजनीतिक वेइमानी भनेका छन् । आजैको बैठकले माओवादी संग एकता गर्ने यसअघिको निर्णय खारेज गरेको छ।

आजको कार्यकारीणि बैठक पश्चात् सोमबार नेसपाले केन्द्रिय समिति बैठक बोलाएको छ। कार्यकारिणी समितिले गरेको निर्णय केन्द्रिय समितिले अनुमोदन गरेपछि पार्टी नयाँ ढंगले संगठन निर्माणमा जुट्ने कार्यालय मुख्यसचीव रोशन पोखरेलले जानकारी दिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय