नेसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौ,४ चैत।पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) को केन्द्रिय कार्यकारिणी समिति बैठक आज काठमाडौमा बस्ने भएको छ।

सत्तारुढ नेकपा माओवादी केन्द्रसंग पार्टी एकता गर्ने कि नगर्ने भन्नेमा आन्तरिक विवाद चर्किएकै बेला बैठक बस्न लागेको हो। पार्टी केन्द्रिय कार्यालय तिनकुनेमा मध्याह्न १२ बजे बस्ने बैठकमा अर्का अध्यक्ष महेन्द्र राय यादव,महासचिव रमेस यादव र बागमती प्रदेशका सांसद गङगानारायण श्रेष्ठ नजाने भएका छन् ।

यादव र श्रेष्ठ नेकपा माओवादी केन्द्रका तर्फबाट संघ र प्रदेशमा सांसद छन् । उनीहरु माओवादीको चुनाव चिन्हबाट निर्वाचन जितेदेखि नै माओवादीसंग निकट भएर मासिक लेबी समेत बुझाइरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय