प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूचि

काठमाडौं, ४ चैत । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे सुरु हुनेछ।
सम्भावित कार्यसूचीअनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ।
यसैगरी आज आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) बारेको छलफल जारी रहनेछ।
यसअघि गत शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको थियो।

