पोखरा आजबाट औपचारिक रुपमा ‘पर्यटकीय राजधानी’

पोखरा (फाइल तस्विर)

पोखरा, ४ चैत । सुन्दर नगरी पोखरालाई आजदेखि ‘पर्यटकीय राजधानी’ भन्न पाइनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ११ बजे फेवाताल किनारको बाराही घाटबाट यसको औपचारिक घोषणा गर्नेछन् । पोखराका स्थानीय र पर्यटन क्षेत्रमा सम्बद्ध संघ संस्थाले लामो समयदेखि पोखरालाई पर्यटकीय राजधानी घोषणाको माग गर्दै आएका थिए।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले यसमा गृहकार्य गरेको थियो। सोही कुरालाई अन्तिम रुप दिई आज औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो।

कार्यक्रमको सबै तयारी पूरा भएको महानगरले जनाएको छ । घोषणा सभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार नै पोखरा पुगेका छन् । घोषणा गर्नु अघि विभिन्न झाकी र बाजागाजा सहित बसुन्धरा पार्कबाट र्‍याली निकाल्ने तयारी छ। यो कार्यक्रमले पोखराका पर्यटन व्यवसायी संगै स्थानीय खुशी छन् ।

घोषणा कार्यक्रममा पोखराका लेखक एवं साहित्यकार भाषाविद् प्राडा मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङ (मरणोपरान्त), सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व. प्रेमप्रकाश मल्ल(मरणोपरान्त)लाई सम्मान गरिने पोखरा महानगरका मेयर धनराज अचार्यले जानकारी दिए ।

यसैगरी वरिष्ठ गायिका प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्याण्ड मुख्य गायक (भोक लिस्ट) विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, गायक प्रकाश सपुत, पोखरेली गायक धर्मेन्द्र सेवानका साथै गण्डकी प्रज्ञा प्रतिष्ठान/पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ ।

महानगर प्रमुख आचार्यले २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी घोषणाका लागि आधारभूत मापदण्ड पोखरासँग भएकाले घोषणा गरेर पोखरालाई अन्तर्राष्ट्रिय जगतमा ‘ब्राण्ड’ बनाउन लागिएको बताए ।

महानगर प्रमुख आचार्यले पर्यटन क्षेत्रको विकासमा पर्यटन प्रवर्द्धनात्मक क्रियाकलाप महत्त्वपूर्ण मानिने र राजधानी घोषणा गर्दा पर्यटन प्रवर्द्धनमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तनसहित सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा उल्लेखनीय प्रगतिलगायत दिगो पर्यटन विकासमा टेवा पुग्ने बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...