विराटनगरमा एक स्टाफ नर्सको शव फेला, हत्याको आशंका

मोरङ, २ चैत । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिएकी छन् । सिरहा घर भएर विराटनगरमा कार्यरत २२ वर्षीया चन्द्रीका कुमारी दास मृत भेटिएकी हुन् ।
शवको प्रकृति हेर्दा उनको हत्या भएको अनुमान गरिएको छ । उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । उनको हत्यापछि शव छाडेर व्यक्ति फरार भएको पाइएको मोरङ प्रहरीले जनाएको छ ।

