उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

उदयपुर, १ चैत । उदयपुरमा बोलेरो भिरबाट खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
भोजपुरबाट धरान जाँदै गरेको बोद्येरो जीप बिहिबार बिहान ११ बजे उदयपुरको बेलका नगरपालिका- ७ मैनामैनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
करिब १५ जना सवार भएको अनुमान गरिएको बोलेरो जीप सडकबाट करिब ५०० मिटर तल खसेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । ६ जनाको शव घटनास्थलमै भेटिएको र एक जना घटनास्थलमा बेपत्ता छन् । सात जना घाइतेको उद्धार हुँदैछ।’
मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी छ । दुर्घटनाको थप विस्तृत विवरण आउँन बाँकी छ।

