प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ‘ह्वीप’

काठमाडौं, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता डा. मुकुल ढकालका अनुसार सांसदहरुलाई यस निर्णय कार्यन्वयन गर्न ह्वीप नै जारी गरिएको छ । ‘बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ र सबै सासंदलाई संसद्मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन दिइएको छ
प्रधानमन्त्री प्रचण्डले यही फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएका थिए ।

