भुर्तेल र जोराको अर्धशतकमा नेपालद्वारा पिएनजीलाई बलियो लक्ष्य

काठमाडौं, २९ फागुन । हङकङमा जारी नेपाल, हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी-२० आई श्रृंखलाको दोस्रो खेलमा नेपालले पिएनजीसँग खेलिरहेको छ । मोङ कोकमा जारी खेलमा नेपालले पिएनजीसामू १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । ३९ बल खेलेका उनले चार चौका र चार छक्का प्रहार गरे । त्यस्तै सन्दीप जोराले २६ बलमा ५६ रन बनाए ।

पिएनजीका लागि कप्तान असाद भालाले २ विकेट लिए भने नोसियाना पोकाना, जोन कारिको र नरमान भानुवाले १-१ विकेट लिए ।

आगामी टी-२० विश्‍वकपको तयारी स्वरुप यस श्रृंखला खेल्न लागिएको हो । टी-२० विश्‍वकपमा पिएनजी पनि खेल्दै छ ।

मार्च १३ मा शीर्ष २ टोलीले फाइनल खेल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय