सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति

काठमाडौं, २८ फागुन । सरकार र मिटरब्याज पीडितहरुबीच चार बुँदे सहमति भएको छ । सोमबार गृहमन्त्री रवि लामिछानेको पहलमा मन्त्रालयमा भएको वार्तापछि मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिसँग सहमति जुटेको हो ।

सहमति पत्रमा मन्त्रालयको तर्फबाट वार्ता समितिका संयोजक सहसचिव रुद्रप्रसाद पण्डित, सदस्यहरूउपसचिव विश्वराज न्यौपाने र एकदेव अधिकारीले हस्ताक्षर गरेका छन्।

यस्तै, आन्दोलनकारीका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका अवधेश कुशवाह, आदित्य राम, शिवशंकर महतोलगायतको हस्ताक्षर छ।

आज भएको वार्ता सहमतिमा टुंगिएसँगै समितिले आह्वान गरेको आन्दोलनका कार्यक्रमहरु अन्त्य भएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय