राष्‍ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं, २८ फागुन । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ।

दर्ता प्रक्रिया सकिनासाथ आजै दिउँसो साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित हुने कार्यतालिका छ । संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक छ।

माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा पार्टी अधसयक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।

नेपाली कांग्रेसले भने सांसद युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय