वरियतामा रवि लामिछाने भन्दा तल उपेन्द्र यादव !

काठमाडौ,२७ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ।

आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री एवं स्वास्थमन्त्रीमा सपथ लिएसंगै उपप्रधानमन्त्रीको संख्या ४ पुगेको हो। यस अघि नेकपा एमालेबाट रघुबिर महासेेेठ,नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राााष्ट्रिस्वतन्त्र पार्टीबाट रवि लामिछाने उपप्रधानमन्त्री छन् ।

यसैबीच अहिले वरियतामा रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेभन्दापनि तल बसेर यादवले स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हालेका छन् । उनी दोस्रोपटक स्वास्थमन्त्री भएका हुन् । सो क्रममा उनले आफू जनताको सेवाको लागि सरकारमा आएको भन्दै वरियताले आफूलाई कुनै फरक नपार्ने स्पष्ट पारेका छन् ।

यसअघि रवि लामिछाने भन्दा माथी हुनुपर्छ भन्ने उनको अडान थियो। तर, त्यो पाउने अवस्था नदेखिएपछि शितलनिवासमा पद तथा गोपनियताको शपथ खान गएका यादव त्यस लगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय