उपेन्द्र यादव सहित जसपा मन्त्रीको सपथ आज

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने पार्टी अध्यक्ष उपेन्द्र यादव सहित अन्य मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
जसपाले नयाँ गठबन्धन सरकारमा अध्यक्ष यादवलाई उपप्रधानमन्त्री सहित स्वस्थमन्त्री र नवलकिशोर साहलाई वन मन्त्री तथा दिपक कार्कीलाई स्वास्थ राज्य मन्त्रीमा पठाउने निर्णय गरेको छ ।
जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै नयाँ गठबन्धनलाई पुर्ण बहुमत मिलेको छ। अझै केही साना दल सरकारमा सहभागी हुने सुनिश्चित भएको स्रोतको भनाइ छ।

