बाबर हायातको शतकमा नेपाललाई हङकङको बलियो लक्ष्य

काठमाडौं, २६ फागुन । हङकङ भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज हङकङसँग फ्रेन्डसिप कप टी-२०आई खेलिरहेको छ । जारी खेल जित्नका लागि नेपालले २१३ रनको विशाल विजयी लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनायो । हङकङका लागि बाबर हायातले ४९ बलमा ११० रनको शानदार शतकीय पारी खेले । टी२०आई करियरको दोस्रो शतक प्रहार गर्ने क्रममा उनले ३ चौका र १३ छक्का प्रहार गरे । अन्शुान राथले ३९ तथा मार्टिन कोट्जीले ३१ रन बनाए ।
नेपालका लागि डेब्यु गरेका आकाश चन्दले ३ विकेट लिए भने आरिफ शेख, प्रतिश जिसी र राशिद खानले १-१ विकेट लिए ।

