हर्क साङ्पाङले कसलाई भने ‘ठग्न सके मन्त्री !’

काठमाडौ,२६ फागुन। धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले शनिबार बिहान आफ्नो सामाजिक संजालमा लगातार २ वटा स्टाटस लेखे।

उनको पहिलो स्टाटसमा ‘नयाँ भेडी गोठको पहिचानको बारेमा के छ धारणा ? संघीयताको बारेमा ? धर्मको बारेमा ? mcc को बारेमा ? अर्थतन्त्रको बारेमा ? देशलाई कता लाने हो सिद्धन्तत ?’

त्यसको ३ मिनेट पछि अर्को स्टाटस लेखे-‘ठग्न सके मन्त्री हुने रैछ ! चोर फटाहा गधाहरुले चलाएको देश ! जनता हो… सुन र पित्तल चिन्न भूल नगर्नु है !’

उनको यी दुबै स्टाटस राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछाने लक्षित देखिन्छ। पछिल्लो समय मेयर हर्क साङ्पाङ र उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेका समर्थक बिचमा दोहोरी चलिरहेको छ।मेयर साङ्पाङले रवि लामिछानेले आफुलाई सिध्याउन लागि परेको आरोप लगाउदै आएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय