सक्रिय आमा समूहले मनायो ११४ औं नारी दिवस

 

काठमाडौं, २५ फागुन । सक्रिय आमा समूह कामपा-६ महांकालले ११४ औं ‘अन्तराष्ट्रिय नारी दिवस’ मनाएको छ । आफ्नो समूहमा आवद्ध महिलाहरुको उपस्तिथिमा संस्थाकी अध्यक्ष नानु दाहाल र तालिम संयोजक मेनुका पौड्याल सहित पदाधिकारी एवं सदस्यहरुको उपस्थितिमा केक काटेर महिला दिवस मनाइएको संस्थाले जनाएको छ।

सो आमा समूहले बिहिवारदेखि पाँच दिने क्षमता विकास तथा उद्घोषण तालिम समेत संचालन गरिरहेको छ। समूहमा आवद्ध ४० जना महिला सदस्य सहभागी तालिम फागुन २८ सम्म संचालन हुनेछ।

तालिम संचालन भैरहेकै हलमा नारी दिवस मनाईएको र सोही क्रममा तालीमको प्रयोगात्मक सिकाइ पनि नारी दिवसको कार्यक्रमलाई नै बनाइएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय