प्रधानमन्त्रीज्यू १०० वर्ष जीवित रहनुहोला, मेरो उमेर पनि हजुरलाई लागोस्: रमेश लेखक

काठमाडौं, २४ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीले एउटा सम्बोधनमा जीवित छँदासम्म उथलपुथल गर्छु भनेको स्मरण गर्दै उनले भने, ‘हजुर १०० वर्ष जीवित रहनुहोला, मेरो उमेर पनि हजुरलाई लागोस् । तपाई म भन्दा धेरै देशलाई चाहिने नेता हो ।’
त्यस्तै लेखकले प्रचण्डले अझै पनि धेरैपटक गठबन्धन फेरिरहन सक्ने भन्दै कटाक्ष गरेका छन् । ‘मैले क्याल्कुलेटरमा हिसाब गरेँ, गठबन्धन कति पटक फेरिने रहेछ भनेर । यही गतिमा प्रधानमन्त्री हिँड्नुभयो भने झण्डै १३ पटक गठबन्धन फेरिने रहेछ’, उनले भने, ‘५ वर्षमा १३ पटक गठबन्धन फेर्ने, अनि आफूचाहिँ रहिरहने ?’

