प्रचण्डको पक्षमा १५७ सांसद

काठमाडौ,२४ फागुन। बिहिवार बसेको संसद बैठकमा सत्ता पक्ष भनेर बस्ने सांसदको संख्या १५७ देखिएको छ। यसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सहज बहुमत छ भन्ने देखाउछ ।

नयाँ सत्ता गठबन्धनमा उलटफेर आएसँगै प्रमुख दलहरुको संसदमा बसाई परिवर्तन भएको हो। संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेञ्चमा बसेको छ भने नेकपा एमाले सत्ता पक्षमा सरेको छ ।

संसद सचिवालयका अनुसार बिहीबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सत्तापक्षको बेन्चमा बसेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय