सुनको मूल्यमा लगातार कीर्तिमान

काठमाडौं, २४ फागुन । सुनको मूल्य निरन्तर उकालो लाग्दा आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । दुई दिनयता लगातार कीर्तिमान कायम गरेको सुनको मूल्य बिहिबार पनि  १५ सय रुपैयाँले बढेर अर्को कीर्तिमान कायम भएको हो ।

योसँगै मंगलबार १ लाख २५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन पनि आज १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन १ लाख २३ हजार ५ सय र तेजाबी सुन १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। प्रतितोला नै १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय