काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो
धादिङ, २३ फागुन । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशुली नदीमा खसेको छ । धदिङको गजुरी गाउँपालिका-५ घाटबेशीबाट बस नदीमा खसेको हो ।
बसमा सवार यात्रुमध्ये केहीको जीवितै उद्दार गरिएको छ भने केहीको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट खटिएको टोलीले यात्रुहरुको उद्धार गरेको हो ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

