नेदरल्यान्ड्स विरुद्ध नेपालले टस जित्यो

काठमाडौं, २२ फागुन । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेको छ ।
नेापलका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले पछिल्लो खेलबाट कुनै पनि परिवर्त गरेको छैन ।
नेदरल्यान्ड्स शीर्षस्थानमा रहेर तथा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल खेल्न लागेका हुन् । नेदरल्यान्ड्सले ४ खेलमा २ जीत र एक बराबरीसहित ५ अंक जोड्दा नेपालले ४ खेलमा २ जीतसहित ४ अंक जोड्यो । नामिबिया एक जीत र एक बराबरीसहित ३ अंकमा सीमित रह्यो ।

