त्रिदेशीय टी-२०आई श्रृंखलाको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं, २२ फागुन । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल विहान साढे ११ बजेदेखि सुरु हुने छ ।

नेदरल्यान्ड्स शीर्षस्थानमा रहेर तथा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल खेल्न लागेका हुन् । नेदरल्यान्ड्सले ४ खेलमा  २ जीत र एक बराबरीसहित ५ अंक जोड्दा नेपालले ४ खेलमा २ जीतसहित ४ अंक जोड्यो । नामिबिया एक जीत र एक बराबरीसहित ३ अंकमा सीमित रह्‍यो ।

नामिबियासँग भएको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको थियो । त्यस्तै नेदरल्यान्ड्ससँग २ रनको झिनो अन्तरले पराजित भएको नेपालले त्यसपछि नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो ।

आइसिसी क्रिकेट विश्वकप लिग-२ को श्रृंखला सकिएसँगै यिनै तीन टोलीले आउँदै गरेको टी-२० विश्‍वकपको तयारी स्वरुप टी२० श्रृंखला खेलिएको हो । आगामी जुनमा हुने टी-२० विश्‍वकपमा नामिबिया र नेदरल्यान्ड्स पनि खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा समेत रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय