बालकोटमा एमालेको सचिवालय बैठक जारी

काठमाडौं, २१ फागुन । नेकपा एमालेको आकस्मिक सचिवालय बैठक अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसिरहेको छ ।

बिहान ७ बजेदेखि बैठक बसिरहेको बैठकमा समसामियक राजनीतिक विषयमा छलफल भइरहेको छ । विशेषगरी अहिलेको सत्ता गठबन्धन धर्मराएको अवस्थामा नयाँ राजनीतिक तरङ्ग पैदा भएसँगै एमालेको बैठक पनि बस्नु अर्थपूर्ण रुपमा हेरिएको छ ।

अब माओवादी केन्द्र, एमाले, रास्वपा र जसपाको नयाँ गठबन्धन बन्‍ने लगभग निश्‍चित भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय