नायिका रेखा थापा छोरी र चलचित्रको प्रचारमा व्यस्त !
अभिनेत्री रेखा थापा यतिबेला संयुक्त राज्य अमेरिकामा छिन् । गत साता छोरीलाई जन्म दिएकी नायिका थापाको यहि शुक्रबारदेखि नयाँ चलचित्र ‘उपहार’ प्रदर्शनमा आउँदैछ।

नायिका थापा यतिबेला चलचित्र ‘उपहार’ र सन्तान (छोरी उपहार) दुबैको प्रचारप्रसार गर्न ब्यस्त छिन् । अमेरिका बसेर उनले दैनिक जसो चलचित्रको डिजिटल प्रचार गरिरहेकी छन् । उनको चलचित्र सेन्सर बोर्डबाट जाँचपास पनि भएको छ।
फागुन २५ देखि प्रदर्शन हुने चलचित्र उपहार २ घन्टा २३ मिनेटको बनेको छ । चलचित्रले ‘यु’ अर्थात युनिभर्सल सर्टीफिकेट पाएको छ। यो भनेको सबै उमेर समूहले यो चलचित्र हेर्न पाउनेछन् । ज्ञानेन्द्र देउजा निर्देशित यो चलचित्रको कार्यकारी निर्माता रेखाकै श्रीमान बलराम शाही ठकुरी हुन् ।
यस्तै रेखाले आफ्नो छोरीको नाम राख्ने कार्य सम्पन्न भएको भन्दै तस्बिर सार्बजनिक गरेकि छन् । तस्वीरमा उनी बच्चालाई काखमा लिएर बच्चाको अनुहार हातले छोपेको रुपमा देखिएकि छन् । साथमा उनका श्रीमान बलरामले नेपाली टोपी लगाएर बसेको देखिन्छ। तस्बिरमा रेखाले लेखेकी छन्,-‘नामकरण कार्यक्रम ..बैभबी राज्यलक्ष्मी शाही ठकुरी’

