पोखरामा भएको मोटरसाइकल दुर्घटनामा कैलालीका दुई युवाको मृत्यु

पोखरा, २० फागुन । पोखरामा शनिबार मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई युवाहरुको ज्यान गएको छ । शनिबार मध्यरातमा बुँलौंदी ओरालोमा भएको दुर्घटनामा परी कैलाली का २८ वर्षीय महेश आचार्य र ३० वर्षीय शैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो ।
लेकसाइडबाट जिरो किलोमिटरतर्फ आउँदै गर्दा उनीहरु सवार बा.प्र ०२–०३४ प ५६२१ नम्वरको बुलेट बाइक बुँलौंदी ओरालोमा सडक डिभाइडरमा ठोकिएको थियो । उक्त घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो ।
मृतक दुवैको शव शनिबार दिउँसो आफन्तले बुझिसकेका छन् । उनीहरु घुम्नका लागि शुक्रबार काठमाडौंबाट पोखरा आएका थिए ।

