समीक्षाको क्रोध : मायाको नाटक र जबरजस्ती गर्ने दुवैलाई फाँसी !

काठमाडौं,१९ फागुन । लोकप्रिय गायिका समीक्षा अधिकारीले शनिबार दिउँसो आफ्नो सामाजिक संजाल फेसबुकमा नाम नलिई कुनै पात्रलाई लक्षित गरी एउटा झटारो हानिन्।
उनको त्यो झटारो कसप्रती लक्षित हो भन्ने स्पस्ट नभएपनी उनले माया र करुणाको नाटक गर्ने र जबरजस्ती गर्ने दुवै बलात्कारी फाँसीको लायक भएको बताएकी छिन् । चितवनको एकता शिशु निकेतनमा अध्ययनरत १४ वर्षीय शालिन पोखरेलको शंकास्पद मृत्युका बारेमा प्रतिक्रिया स्वरुप उनले यस्तो अभियव्यक्ति दिएकी हुन् ।
उनले सलिनलाई न्याय देउ भन्दै लेखेकी छन्,-‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्। माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउदै त छाड्छन् तर जीवनभर मार्छन्। जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्। चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।’

